मिरपुर - दोस्रो टी–२० मा इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै बंगलादेशले शृङ्खलामाथि कब्जा जमाएको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ६ ओभरमा १ विकेट गुमाएर ५० रनको मजबुत स्थितिमा थियो । तर, स्पिनरलाई मद्दत गर्ने पिचमा इंग्ल्याण्डले एकपछि…