उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

काठमाण्डु- नेपाल टी २० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलबाटै उच्च लयमा देखिएको लुम्बिनीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ । लुम्बिनीले समूह चरणका १० मध्ये आठ खेल जित्दै शीर्ष टोलीको रुपमा क्वालिफायरमा स्थान बनाएको थियो ।…