काठमाण्डु - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । मेस्सीले कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताईएको थियो । उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल रहेको बताएका थिए । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि हात पार्यो । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अर्जेन्टिना विश्वविजेता बनेको…