काठमाण्डु - एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले वाग्मती प्रदेशलाई जितको लागि ३०५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एकले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनको योगफल बनायो । प्रदेश एकका सुरुआती ब्याट्सम्यान अङ्कित सुवेदीले सर्वाधिक…