काठमाण्डु- पेरिस ओलम्पिक २०२४ एसिया छनोट पहिलो चरणको खेलमा नेपाल भियतनामसँग ५-१ गोलको नतिजामा पराजित भएको छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा जारि खेलको ११औं मिनेटमा फाम हाई एङको गोलमा भियतनामले अग्रता लिएको थियो । बाँयातर्फबाट एनग्यूएन थी ट्राङले दिएको क्रसमा उनले हेडर मार्फत सुन्दर गोल गरेकी थिइन् । कप्तान ह्युन न्हुले खेलको ३६औं मिनेटमा पेनाल्टीमा…