कैलाली - थ्रीस्टार क्लव छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गरेको थियो । उसका लागि खेलको ५९औं मिनेटमा दीपेश गुरुङले गोल गर्दै जीत दिलाएका…