काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग अनुमति मागेको छ । नाबालिग बलात्कार मुद्दामा पाटन उच्च अदालतले लगाएको विदेश भ्रमणको प्रतिबन्ध सर्वोच्च अदालतले फुकुवा गरेसँगै लामिछानेलाई युएई पठाउन क्यानले आईसीसीसँग अनुमति मागेको हो । प्रतियोगिताका क्रममा कुनै देशले स्क्वाड परिवर्तन गर्नुपरे आईसीसीसँग अनुमति लिनुपर्ने प्रावधान रहेकाले सन्दीपका…