त्रिकोणात्मक सिरिजको फाइनल आज , नेपाललाई उपाधि जित्ने अवसर

काठमाण्डु - त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । फाइनलमा उत्रँदा नेपालसामु पहिलोपल्ट यो संरचनामा उपाधि जित्ने अवसर हुनेछ । पछिल्लो एक दशकमा राम्रो प्रभाव पार्दै नेपालले ट्वान्टी–२० विश्वकप नै खेलेको छ । तर हालसम्म नेपालले ट्वान्टी–२० को कुनै उपाधि जितेको छैन । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे हुनेछ । नेपाल लिग विजेता…