कप्तान मल्लको अर्धशतकमा नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

काठमाडौं – नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रनको योगफल बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।…