एसीसी इमर्जिङ कपमा नेपालको पहिलो जित, हङकङ ४० रनले पराजित

काठमाडौं – नेपालले बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा पहिलो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा हङकङलाई ४० रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हङकङले ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो ।…