काठमाडौं– अफ्रिकन टिम मोरक्को रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूह बी को खेलमा पोर्चुगलसँग १–० गोलले पराजित भएसँगै मोरक्को समूह चरणबाटै बाहिरिएको हो। मोरक्को समूह चरणबाट बाहिरिने पहिलो टिम बनेको हो। रुसको मस्कोस्थित लुज्निकी रंगशालामा भएको खेलमा खेलको चौथो मिनेटमै रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले हेडमार्फत गोल गरी सुरुवातमै…