एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

काठमाडौं - एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ । नेपाल आफ्नो पहिलो खेल कात्तिक ७…