काठमाडौँ- जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा पुलिसले न्यू डायमन्डलाई ३–१ ले हरायो । पुलिसले न्यू डायमन्डलाई २५–१२, १५–२५,२६–२४ र २५–१९ ले स्तब्ध बनाएको हो । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को…