काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफको खेलमा आज दिउँसो नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा हुने खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ । विश्वकप छनौटको सम्भावना गुमाइसकेको नेपालले एक दिवसीय मान्यता पाउन आजको खेल जित्नै पर्नेछ । नेपाल समूह बीको चौथो स्थानमा छ भने…