काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । मंगलवार नेपाल भ्रमणमा रहेकी उनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमसीसीकी सीईओले प्रचण्डसँग भेट्दा…