कांग्रेस बैठकमा कार्यबाहक प्रधानमन्त्रीले भने – शिक्षकको समस्या समाधान गर्छौं

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षकहरूको आन्दोलनबारे चर्चा भएको छ । केन्द्रीय कार्यालय सानेपामा आज बिहीबार बसेको बैठकमा पार्टी उपसभापति समेत रहेका कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले शिक्षकहरूसँग वार्ता गरिरहेको बताए । उनले भने, ‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ । शिक्षकहरूको समस्या समाधान हुन्छ, हामीले समस्या…