संविधान बनेपछि नेपालीको ७ दशक लामो चाहना पूरा भयो : चित्रबहादुर केसी

काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान सभाबाट संविधानको निर्माणपछि नेपाली जनताको ७ दशक लामो चाहना पूरा भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएका २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिए । ‘संविधानमा जनताका चाहनाविपरीत तथा ०६२/०६३ को जनआन्दोलनको माग नै नभएको संघीयता लगायतका गलत प्रावधानको हाम्रो…