काठमाण्डु - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। महराले फेसबुकमा स्टाटस लेख्दै सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेको र यसमा आफ्नो कुनैपनि संलग्नता नभएको बताएका हुन्। उनले चिनियाँसँग आफूले फोन नगरेको र उल्लेख गरिएका फोन नम्बरसमेत आफ्नो नभएको बताएका छन्। उनले यस सम्बन्धमा आवश्यक परे निष्पक्ष छानबिनमा…