काठमाण्डु- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गोरुगाडा प्रवृत्तिका विरुद्ध लड्न हालको गठबन्धन बनेको बताएका छन् । मंगलबार ललितपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा प्रचण्डले गोरुगाडा प्रवृत्ति भएकाहरू अझै पनि प्रतिगमनतर्फ अगाडि बढेको दावी गरेका हुन् । त्यसलाई परास्त गर्नु गठबन्धनको उदेश्य…