काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आजबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले पार्टीको जनमत १६ प्रतिशत बढाउने योजनासहितको १९ पेज लामो प्रतिवेदन पेश गरेका हुन् । उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने…