गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अवरोध कायमै राख्ने माओवादीको निर्णय

काठमाण्डु – नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले बताए । उनले भने, ‘भोलिको संसद्को अवरोध यथावत रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको…