काठमाण्डु - बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो । उक्त बैठकमा गठबन्धनका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए । नेताहरुको सुझावमा प्रधानमन्त्री देउवा सहमत भएका…