काठमाण्डु - सरकारले बजेट अधिवेशनको औपचारिक सुरुआतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई वैशाख २८ गते सोमबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो । संविधानअनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत…