नवनिर्वाचित सांसद्को शपथग्रहण आज, ५४ जनाले मातृभाषामा शपथ लिने

काठमाण्डु - प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउँदै छन् । शपथ ग्रहण बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा हुनेछ । केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका…