काठमाण्डु-सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु हुँदै छ । १ हजार १२६ मिटर लामो सुरुङमार्ग ब्रेक थ्रुका लागि मुख्य टनेल खनेर १ दशमलव ५ मिटर मात्रै बाँकी राखिएको छ । शुक्रबार सो भागलाई प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्लास्ट गरिने कार्यक्रम छ । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित अन्य मन्त्री तथा सांसदहरूको पनि सहभागिता…