एमालेका ४ जना उपाध्यक्षले मागे अध्यक्ष ओलीको राजीनामा

काठमाण्डु- शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । भोलि फेरी बस्ने गरी बैठक सकिएको हो । आजको बैठकमा पार्टीका ४ जना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । उपाध्यक्षहरु बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन् । ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की समेत भएको थियो ।…