धनगढीमा २ समूहबिच झडप हुँदा २ जना घाइते

धनगढी – कैलालीको धनगढीमा २ समूहबिच झडप हुँदा २ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा मदिरा सेवन गरेका २ समूहबिच भएको झडपमा परी २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरी सहायक निरीक्षकसहित २ जना घाइते भएका छन् ।…