कांग्रेसलाई मन्त्री गुरुङको जवाफः एकल महिला र अशक्तको भत्ता काटिँदैन !

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला र अशक्तलाई दिइँदै आएको भत्ता नकाटिने प्रष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकल महिला र अशक्तले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता काटेकोमा आपत्ति जनाएको थियो । मन्त्री गुरुङले समस्याको दीर्घकालिन समाधानका लागि सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, कानून मन्त्रालय र प्रधानमन्त्री…