छुवाछुत गर्ने अपराधीलाई कडा सजाय हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका अपराधीलाई कारबाही गर्ने कुरामा सरकारले कुनै सम्झौता नगर्नेसमेत स्पष्ट पारे । सन्देशमा उनले जातीय छुवाछुत, विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभइ…