राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता, आजै सेना परिचालन हुन सक्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार राष्ट्रपति निवास शीतलनिवासमा भएको भेटवार्तामा सेना परिचालन सम्बन्धी छलफल भएको बताइएको बालुवाटार निकट स्रोतले जानकारी दियो । गत जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष प्रसताव लैजाने निर्णय गरेको थियो ।…