काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सोमबार सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ । सोमबार बिहान बोलाइएको सचिवालय बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिइने नेकपा उच्च स्रोतले जनाएको छ । सरकारका कामकारवाही सन्तोषजनक नभएको भनेर पार्टीभित्रै गुनासो रहेका बेला सचिवालय बैठकले सबै…