सिके राउतले बोलाए स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक

काठमाडौं - सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ । गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले यही चैत ४ र ५ गते गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् । गठबन्धनले सरकारसँग गरेको सम्झौतालाई ऐतिहासिक सफलता र विजय भएको बताउँदै यसपछिको रणनीति तय गर्न…