मौकापरस्त महरा, यस्तो छ उनको नालीबेली

काठमाडौँ — भूमिगत राजनीति छोडेर २०६३ मा माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि पछिल्लो चुनाव सकिँदासम्म १० वटा सरकार बने । तीमध्ये ७ वटा सरकारमा माओवादी प्रत्यक्ष संलग्न भयो, जसको अधिकतम लाभ पाउने व्यक्ति हुन्– कृष्णबहादुर महरा । माओवादी संलग्न सातमध्ये पाँचवटा सरकारमा महरा मन्त्रालयफेरी–फेरी मन्त्री बने । तीनपटक उपप्रधानसहित उनी शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री बने ।…