काठमाण्डु- नागरिक समाजका अगुवाहरूले झण्डै दुई तिहाइको वर्तमान सरकारले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको ठहर गरेको छ । २८ जना प्रबुद्ध व्यक्तिहरूले सोमबार संयुक्त नागरिक अपिल जारी गर्दै सरकारको हैकमी शासन अभ्यास तुरुन्त रोक्न माग गरेका हुन् । उनीहरूले सुकुम्बासी बस्तीमा बन्दुकको बलमा गरिएको हठात् विस्थापन, संसद् छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति र…