काठमाण्डु - अनामनगरमा रहेको साततले घर सरकारले भत्काएको छ । अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सरकारले आइतबार सो घरमा पनि डोजर चलाएर भत्काएको हो । शनिबार पनि उक्त क्षेत्रमा डोजर चलाएर सरकारले त्यस्ता संरचनाहरू भत्काएको थियो । आइतबार पनि डोजर चलाइने भएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।…