ओमानको तटमा भारतीय जहाजमाथि आक्रमण, भारतद्वारा कडा निन्दा

काठमाण्डु- इन्डियाले ओमानको तट नजिक भारतीय व्यावसायिक जहाजमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। भारतले उक्त घटनालाई अस्वीकार्य भन्दै मध्यपूर्वमा बढ्दो द्वन्द्वबीच समुद्री मार्गको स्वतन्त्रता र सुरक्षाको महत्व पुन उजागर भएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले विज्ञप्ति जारी गर्दै होर्मुज जलक्षेत्रमा व्यापारिक जहाजहरूलाई लगातार निशाना बनाइएकामा भारतले गम्भीर चिन्ता व्यक्त गरेको बताए।…