काठमाण्डु – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहीन होइन, प्रभावकारी सदनको रूपमा स्थापित गर्ने बताएकी छन् । राष्ट्रियसभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रियसभा प्रभावहीन सदन हो भन्ने बुझाइ रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आफ्नो भूमिका रहने बताइन् । उनले भनिन्, ‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने हुन्छ…