काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाएको र अबको एक वर्षमा पूर्णतामा पुर्याउने दाबी गरेका छन् । बिहीबार ट्विट गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दाबी गरेका हुन् । उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको समेत उल्लेख गरेका छन् । गोरखाको बारपाक केन्द्र…