काठमाडौं - पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ प्रकाशन हुने भएको छ । बहुचर्चित एवम् बेस्ट–सेलर पुस्तक कूटनीति र राजनीतिका लेखक पाण्डको यो पुस्तकमा २०६३ सालदेखि पर्दापछाडि भैरहेका घटनाहरु, सत्ताको अतृप्त तृष्णाबाट उत्पन्न भिडन्त तथा विदेशी शक्तिहरुको कुटिल खेलमा फसेर भएका प्रतिक्रान्तिहरुका विवरण समेटिएको छ । साथै, राजनीति र समाजनीति, हिन्दू…