मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा भ्रष्टाचारले गहिरो गरी जरा गाडेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको विराटनगर नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई भ्रष्टाचारको चंगुलबाट निकाल्न नयाँ आन्दोलनको आवश्यकता रहेको बताए । राजसंस्था पुन:स्थापनाका लागि चुनावभन्दा पनि आन्दोलन नै हुनुपर्ने उनले बताए । उनले भने, ‘गणतन्त्र चुनावबाट नआएकाले…