हदैसम्म कार्वाही माग गर्दै निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौ‌ - निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी परेको छ। प्रचलित कानून विपरीत नागरिकताको विवरण सच्याएको र शैक्षिक प्रमाणपत्र लिएको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो। पत्रकार मदनबाबु भण्डारीले दिएको जाहेरी दर्खास्तमा पराजुलीको ‘शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि हदैसम्मको कारवाही गर्न’ माग गरिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।…