सेनाले त्रिशुलीमा बगाउन लागेको लास त मदन भण्डारीको पो रहेछ

चितवन - २०५० साल जेठ ४ गते। चितवनको चर्को घाम। विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ। नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो। त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो। छप्की जालमा माछा पर्दै थियो। म अरु साथीभन्दा अघि थिएँ। जाल हान्दै जति अघिअघि जान्थेँ…