काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ । सभापति रवि लामिछानेको निर्देशन अनुसार बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । यस्तै आज जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा…