काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्दैछ । बैठक दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्नेछ । पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएका छन्। बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुनुका साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका…