काठमाडौ– भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एयरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ । नेपाल एयरलाइन्सका कर्मचारीहरूको मिलेमतो र आर्थिक सेटिङमा भारतीयलाई प्रस्थान अनुमति दिने विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नइन्द्रकुमार पौडेलाई समेत अध्यागमन विभागले फिर्ता बोलाएको छ । पौडलको अध्यागमनका अन्य कर्मचारीहरूसँगको कनेक्सनबारे समेत अनसन्धान भइरहेको छ । नेपाल एयरलाइन्सका…