काठमाडौं– नेपालको संविधान २०७२ अनुरुप भएको निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठक सोमबार भएको छ। सोमबार अपराह्न ४ बजे बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्न पठाएको पत्र वाचन गरिएको थियो। राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र पनि वाचन गरिएको थियो। मन्त्रिपरिषद् गठन गरेको र विभिन्न मन्त्रीहरू नियुक्त गरेकोबारे राष्ट्रपतिले…