काठमाडौं– प्रधानसेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सेनाको त्रिभुुवन आर्मी क्लबले हात पारेको छ। लगनखेलमा भएको फाइनलमा पश्चिमाञ्चल भलिबल टीमलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो। विजेता त्रिभुवन आर्मी क्लबलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रमाण पत्र, मेडल, ट्रफी र तीन लाखको चेक प्रदान गरे। द्वीतिय र तृतीय स्थान हासिल गर्न सफल…