काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेको भन्दै भाग लिन र क्रान्तिमा सहभागी बन्न नेपाली युवाहरुलाई आग्रह गरेका छन् । एउटा जनमुक्ति सेनालाई पूर्वसँग जोडेर, इतिहासको विषय बनाएर अबको क्रान्तिमा आक्रमण गर्नका लागि चलखेल भइरहेको भन्दै उनले त्यसलाई चिर्न जरुरी रहेको पनि बताएका छन् ।…