काठमाडाैं–कमल चौलागाई नेतृत्वको संयुक्त राष्ट्रवादी समाजवादी पार्टीको सिङ्गो पार्टीसहित नयाँ शक्ति नेपाल, विप्लव नेतृत्वको नेकपा र राप्रपाका सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार बिहान चितवनको भरतपुरमा आयोजित विशेष कार्यक्रममा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गराएका हुन्। …