काठमाडौं–१३ वर्षीय स्कूले बालकको हत्याको विरोधमा तनाबग्रस्त स्थिति सृजना भएपछि स्थानीय प्रशासनले कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालमा घोषणा गरेको निषेधित क्षेत्र हटेको छ। महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययरत १३ वर्षीय तिलक चन्दको हत्याको विरोधमा स्थानीयले आरोपितको घरमा आगजनीको प्रयास भएपछि शुक्रबार दिउँसो १२ बजेबाट घोषणा गरिएको निषेधित क्षेत्र ९ घन्टापछि हटेको हो। …